birat ribon

तीन सय सतासी सम्पदाको पुनःनिर्माण सम्पन्न

Neuro
तीन सय सतासी सम्पदाको पुनःनिर्माण सम्पन्न

काठमाडौं १० पुस । गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षति भएका ७ सय ५३ सम्पदामध्येमा चार वर्षका अवधिमा ३ सय ८७ को पुनःनिर्माण सम्पन्न भएको छ ।

यसमा हालसम्म ५१ दशमलव ३९ प्रतिशत प्रगति भएको देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार १ सय २३ सम्पदा पुनःनिर्माणका चरणमा छन् । त्यस्तै पुनःनिर्माण शुरु हुन अझै २४३ सम्पदा बाँकी छन् ।

cura insider

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली परिकल्पना गरेअनुसार सम्पदाको पुनःनिर्माण हुन नसकेको बताए ।

हालसम्म काठमाडौंँका महत्वपूर्ण सम्पदा धरहरा, काष्ठमण्डप, रानीपोखरी, सिंहदरबारलगायत सम्पदाको निर्माण भइरहेका छन् । १२ पुस २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको धरहराको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ ।

प्राधिकरणका अनुसार ४ वर्षका अवधिमा हालसम्म सबै विषयमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब र गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी जम्मा ३ खर्ब ३५ अर्ब खर्च भएको छ । अझै बाँकी संरचना पुनःनिर्माणका लागि ३ अर्ब आवश्यक रहेको प्राधिकरणले अनुमान गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमका निम्ति कम्तीमा ३४ अर्बको स्रोत सुनिश्चित गर्नुपर्ने छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले छिट्टै पुनःनिर्माणका बाँकी कार्य सम्पन्न गरी विपन्न वर्गको निजी आवास पुनःनिर्माणका लागि आवश्यक ५० हजार थप अनुदानसहित करीब एक हजार घुम्ती डकर्मी र सामाजिक परिचालक परिचालन गरिने बताए।

प्राधिकरणका अनुसार परम्परागत सम्पदा बस्तीसम्बन्धी विशेष मापदण्ड स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाका बुङ्मती, खोकना र साँखु एवं काठमाडौँ उपत्यकाबाहिरका नुवाकोट दरबार क्षेत्र, गोरखा दरबार क्षेत्र र दोलखा भीमेश्वर मन्दिर क्षेत्रलाई परम्परागत सम्पदा बस्तीका रुपमा सूचीकृत गरी गुरुयोजना तयारीसहित पुनःनिर्माण अघि बढाइएको छ ।

jackson ribon