birat ribon

कुकुर हत्याको दोषीलाई कारबाहीको माग गर्दा प्रहरीको गाली

Neuro
कुकुर हत्याको दोषीलाई कारबाहीको माग गर्दा प्रहरीको गाली

काठमाडौं १० पौष । पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरीदेखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Padelux insider
cura insider

बिहीबार नेपालमा सक्रिय दश पशु अधिकारकर्मी संस्थाले संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने दृढता व्यक्त गरे ।

तिनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा दुई वर्षदेखि बस्दै आएको सेतु नाम गरेको कुकरको हत्या गरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले बताए ।

सातजनाको समूहले कुकुरको हत्या गरेको श्रेष्ठको भनाइ छ । घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुई जनाप्रहरी पनि संलग्न रहेको दाबी गरिएको छ ।

घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वृत वानेश्वरमा सेतु मारिएको बारे भवनका केही बहालवाला व्यवसायीहरु मिली निवेदन दिइएको एसपीसीए नेपालका अध्यक्ष श्रेष्ठले बताए । उनले घटनाका दोषीमाथि कानुन बमोजिम कारबाही हुनु पर्ने माग गरे ।

निवेदकहरुलाई सेतुको मालिक नभएको कारण उल्टो गाली र हप्किदप्की गरी पठाइएको पत्रकार सम्मेलनमा उनीहरुले बताए ।

एसपीसिए नेपालका संयोजक विकेश श्रेष्ठले कुकुर मारिएको विषय ठुलो नभएको भन्दै प्रहरीले मिलापत्र गर्न दबाब दिएको बताए । प्रहरीले निवेदन अस्वीकार गरेपछि सबिना आपागाईँले सेतु मारिएको घटनालाई सामाजिक संजालमार्फत सार्वजनिक गरेकी थिइन् । सार्वजनिक गरिएपछि गैर सरकारी संस्था एसपीसिए नेपालको ध्यानाकर्षण हो ।

२४ मंसिरमा घटनालाई एसपीसिए नेपाललगायत नौ वटा गैर सरकारी पशु कल्याणकारी संस्थाले जाहेरी दिन प्रहरी वृत्त पुगेका थिए । प्रहरील निवेदन दर्ता नगरी मिलापत्र गर्न सुझाव दिइएको छ ।

प्रहरीले निवेदनदर्ता नगरेपछि मंसिर २९ गते संस्थाहरु सरकारी वकिलपुगेको एसपीसिएकाश्रेष्ठले बताए । सरकारी वकिल चन्द्रकान्त खनालले घटना अध्ययन गर्न एक महिना समय लाग्ने भन्दै फर्काएको उनीहरुको आरोप छ ।

मुलुकीअपराध संघीयता २०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गर्न नहुने र सो गर्ने वा गराउनेलाई तीनमहिना सम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

jackson ribon