birat ribon

तीन वडाध्यक्षको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

Neuro
तीन वडाध्यक्षको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

सप्तरी १० पुस । सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तीन वडाध्यक्षले तालाबन्दी गरेका छन् ।

cura insider

गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो ।

विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह र वडा नम्बर ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा कार्यालयमा तालाबन्दी भएको हो ।

गाउँपालिकाले नियमविपरीत काम गरेको र पूर्वाग्रही ढङ्गले योजनाको बाँडफाँट गरेको विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई पटकपटक लिखित आग्रह गर्दासमेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष सिंहले बताए ।

आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ को आयव्याय सार्वजनिक गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।

गत पुस २ गते बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकका सम्बन्धमा समयमा जानकारी नदिएको, बैठकको निर्णय सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ ।

यसअघि गत मङ्सिर २९ गतेदेखि डाकनेश्वरी नगरपालिकाको कार्यालयमा युवाले तालाबन्दी गरी विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै युवाले भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।

jackson ribon