birat ribon

संकटा र जावलाखेलले बराबरी अंक बाँडे

Neuro
संकटा र जावलाखेलले बराबरी अंक बाँडे

काठमाडौं, १० पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र जावलाखेल क्लबले बराबरी अंक बाँडेका छन् । बिहीबार भएको खेलमा संकटा र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै बराबरी अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले सुरुआती अग्रता बनाएको थियो । खेलको ३७औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, खेलको ७२औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

cura insider

यस बराबरीसँगै जावलाखेलले ५ अंक बनाएको छ भने संकटाले ४ अंक बनाएको छ ।

jackson ribon