birat ribon

बुटवललाई हराउँदै विराटनगर पीपीएलको फाइनलमा

Neuro
बुटवललाई हराउँदै विराटनगर पीपीएलको फाइनलमा

पोखरा, १० पुस । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै विराटनगर उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मात्र बनाउन सक्यो । उसका लागि भीम सार्कीले ४४ रन बनाउँदा अफ्ताबूदिन अहमेदले ४३ रन बनाए । यस्तै पुरन बिकेले १५ रन जोड्दा शिवम सिंहले १४ रन जोडे ।

cura insider
dfg

बलिङतर्फ विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३–३ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । विराटनगरका सुनिल धमलाले ६१ रन बनाए भने कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाए । यस्तै जैद आलमले २० रन जोड्दा लोकेश बम र पुनित महराले समान १९ रनको योगदान दिए ।

बलिङतर्फ बुटवलका हर्ष टंकले २ विकेट लिँदा ललित भण्डारी र अविनाष बोहराले समान १–१ विकेट झारे ।

अब शनिबार हुने फाइनलमा विराटनगरले चितवन राइनोजको सामना गर्नेछ । पारस खड्काको टोली चितवन यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । चितवन लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

jackson ribon