birat ribon

गायिका आशा भोस्ले रेडियो नेपालमा

Neuro
गायिका आशा भोस्ले रेडियो नेपालमा

काठमाडौँ । भारतकी प्रसिद्ध गायिका आशा भोस्लेले रेडियो नेपालको संगीत स्टूडियोमा केही गीतको रिहर्सल गरेकी छन् । बुधबार नेपाल आएकी आशाले आज केही गीतको रिहर्सल गरेकी हुन् ।

आउँदो शनिबार काठमाडौँमा हुने एक कन्सर्टमा सहभागी हुन गायिका भोस्ले नेपाल आएकी हुन् । रेडियो नेपालमा उनलाई कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशक अशोक बास्कोटासहित रेडियो नेपालका कर्मचारीहरूले स्वागत गरेका थिए ।

cura insider

गायिका आशा भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका दर्जनौँ नेपाली गीत गाएकी छन् ।

jackson ribon