यस्ता छन् नेपालका केही रोचक कुराहरू

विराटनगर, १० पुस । नेपालमा कसैलाई सुरुमा भेट्दा प्रयोग गरिने नमस्कारको अर्थः म तपाई्रभित्र रहेको परमेश्वरलाइ सलाम गर्छु भन्ने हो । नेपाल मात्र एउटा यस्तो देश हो, जुन समुन्द्र सतहको उचाई ६० मिटर देखि ८८४८ मिटर उचाईसम्म फैलिएको छ ।

संसारमा नेपाल मात्र एउटा यस्तो देश हो जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक आकारको रहेको छ । नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा मानिन्छ । नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउडा झन्डै पोर्चुगलको नक्सासंग मिल्न जाने हुँदा यस्तो भनिएको हो ।

विश्वमा रहेका १४ वटा सबभन्दा अग्ला हिमालहरूमध्ये नेपालमा ८ वटा अग्ला हिमालहरू पर्दछन् । जसमध्ये विश्वको सबैभन्दा ठूलो शिखर सगरमाथासहित विश्वको ८ हजार मिटरभन्दा अग्ला हिमाल मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण हुन् ।

४८०० मिटरको उचाईमा रहेको नेपालको तिलिचो ताल संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल र अरुण भ्याली सबैभन्दा अग्लो स्थानमा रहेको भ्याली हो । नेपाललाई एसियाको अमेजन भनेर पनि चिनिने गरिन्छ । संसारभरि पाइने चराहरूको प्रजातिमध्ये ८ ५ नेपालमा पाइन्छ । नेपालका लगभग ८७० प्रजातिका चराहरू पाइन्छ, जुन युरोप र उत्तर अफ्रिकाका सम्पूर्ण महाद्वीपभन्दा धेरै छ ।

नेपालमा ६५० प्रजातिका पुतलि पाइन्छ, जुन विश्वको ४.२ प्रतिशत हो र विश्वमा पाइने स्तनपान गराउने जनावरहरूमध्ये ३.९५ प्रतिशत नेपालमा पाइन्छ । नेपालमा ८० भन्दा बढी जातजाती समूहहरू रहेका छन् र १२३ भन्दा बढी मातृभाषाहरू बोल्ने गरिन्छ । नेपाली क्यालेन्डर अंग्रेजी क्यालेन्डरभन्दा ६७ वर्ष अगाडि छ । नेपालको राजधानी काठमाडौँलाई मन्दिर नै मन्दिरको शहर पनि भनिन्छ ।

काठमाण्डौको १५ किलोमिटर भित्रको चौडाइमा १५ वटा स्थानहरू विश्व सम्पदा सूचीमा पर्छन् । र, काठमाडौँलाई संसारको जीवित सांस्कृतिक संग्रहालयको रूपमा लिइन्छ । नेपालमा जिवित भगवान पाईन्छ, जस्लाई कुमारी भनेर पूजा गरिन्छ । नेपालको दक्षिण भागमा अवस्थित रहेको लुम्बिनी सहर सिद्धार्थ गौतम बुद्धको जन्म स्थान हो । बुद्धले आविस्कार गरेको वौद्धधर्म अहिले विश्वको प्रमुख धर्ममध्ये एक मानिन्छ ।

विश्वमा नेपाल मात्र एउटा यस्तो देश हो, जहाँ आजसम्म जात र धर्मको नाममा कुनै पनि युद्ध भएको छैन । नेपालका गोर्खालीहरू संसारको प्रसिद्ध योद्धा हुन् जसले नेपाललाई ब्रिटिस उपनिवेस हुन दिएन । सन् १८१५ देखि अहिलेसम्म पनि नेपालीले गोर्खाली ब्रिटिस आर्मीको रूपमा लगातार सेवा दिँदै छन् ।

Loading...