birat ribon

क्रिसमस मनाउने क्रममा तेह्र जनाको मृत्यु

Neuro
क्रिसमस मनाउने क्रममा तेह्र जनाको मृत्यु

हन्डुरस, १० पुस । हन्डुरसमा क्रिसमस मनाउने क्रममा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मंगलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मृत्यु भएकामध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उपनिरीक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको जानकारी दिए ।

cura insider

कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उनले जानकारी दिए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । रासस

jackson ribon