लामखुट्टेको टोकाइबाट मात्र हैन, शारीरिक सम्बन्धले पनि सर्छ डेंगु

विराटनगर, १० पुस । एडिस एजेप्टी लामखुट्टेको टोकाइबाट सर्ने भाइरसका कारणले हुने डेंगुलाई लामखुट्टेले नै फैलाउने मान्यता रहेको छ । चिकित्सकले शरीरिक सम्बन्धबाट पनि डेंगु सर्न सक्ने भनि पहिलोपटक पुष्टि गरेका छन् । तर, गत सेप्टेम्बरमा स्पेनमा शारीरिक सम्बन्धले समेत डेंगु भाइरस सरेको पत्ता लागेको हो ।

हालसम्म लामखुट्टेद्वारा नै डेंगु भाइरस फैलिने जानकारीमा रहेपनि म्याड्रिडका स्वास्थ्य अधिकारीहरूले एक व्यक्तिद्वारा अर्को व्यक्तिमा यौनका माध्यमले डेंगु फैलिएको पुष्टि भएको छ । म्याड्रिडमा रहँदै आएका ४१ वर्षीय पुरुषले आफ्नो पुरुष साथीसँग यौनसम्पर्क गरेपछि डेंगु भएको र्‍यापलर डटकममा उल्लेख गरिएको छ । उनका ती पुरुष साथी क्युबाको यात्रा गर्दा लामखुट्टेको टोकाइले डेंगु भाइरसको संक्रमणमा परेका थिए ।

४१ वर्षीय पुरुषमा पनि उनका साथीमा जस्ता लक्षणहरू देखा पर्न थालेपछि स्वास्थ्य विभागले सेप्टेम्बरमा ती व्यक्तिलाई डेंगु भएको पत्ता लगाए । शुक्रकीटको विश्लेषण गर्दा क्युबामा फैलिएकै डेंगु भाइरस फेला पुष्टि भएको थियो । यो खवरले बैज्ञानिकहरूसमेत अचम्ममा परेका थिए किन भने ती व्यक्तिले डेंगु फैलिएको क्षेत्रको भ्रमणसमेत गरेका थिएनन् ।

त्यस्तै, यौनसम्पर्कका माध्यमले एक पुरुष र एक महिलामा डेंगुको केस दक्षिण कोरियामा पनि सार्वजनिक भएको छ । स्टकहोमस्थित युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसीडीसी) का अनुसार पुरुषसँग यौनसम्बन्ध राख्नेमा डेंगु भाइरस सरेको यो पहिलो केस पत्ता लागेको हो ।

Loading...