birat ribon

बिग्रेड ब्वाइजलाई हराउँदै मनाङ शीर्ष स्थानमा फर्कियो

Neuro
बिग्रेड ब्वाइजलाई हराउँदै मनाङ शीर्ष स्थानमा फर्कियो

काठमाडौं, १० पुस । मनाङ मर्स्याङ्दी क्लब काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । बिहीबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई १–० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा मनाङलाई जिताउन जगजित श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको २५औं मिनेटमा गोल गर्दै मनाङलाई ३ अंक दिलाए ।

cura insider

यस जितसँगै मनाङले ९ अंक बनाएको छ । यस्तै उसले आफ्नो विजयी यात्रा कायमै गरेको छ । मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० गोलले पराजित गरेको थियो भने त्यसअिघ आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यता, बिग्रेडसँग भने ३ अंक छ । उसले पहिलो खेलमा मछिन्द्रलाई २–० ले नतिजा सुम्पिएको थियो भने दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो । लिगको दाेस्रो स्थानमा मछिन्द्र रहेको छ । मछिन्द्रसँग ६ अंक छ ।

jackson ribon