birat ribon

प्रेमिकासँग अप्रिलमा विवाह गर्दै वरुण

Neuro
प्रेमिकासँग अप्रिलमा विवाह गर्दै वरुण

विराटनगर, १० पुस । बलिउड निर्देशक डेभिड धवनका छोरा तथा चर्चित अभिनेता वरुण धवन अहिलेको समयमा चलेका हिरोमा पर्छन् । हालै वरुण आफ्नो प्रेम जीवन र विवाहको कारणले पटक–पटक चर्चामा आइरहेका छन् ।

Padelux insider
cura insider

उनले यसै वर्षको डिसेम्बर १ तारिखमा आफ्नो प्रेमिका नताशा दलालसँग विवाह गर्ने निर्णय गरेका थिए । तर, भारतीय मिडियाका अनुसार वरुण आफ्नो फिल्म ‘स्ट्रीट डान्सर’ मा ब्यस्त रहेका कारण उनीहरूले आउँदो अप्रिलमा विवाह गर्ने योजना बनाएका छन् । वरुण र नतासाको घरपरिवारले विवाहको लागि वेडिङ डेस्टिनेसनको समेत प्लान बनाउन सुरु गरिसकेका छन् ।

उनीहरूले आफ्नो वेडिङ डेस्टिनेशन गोवाको सुमुद्री तटलाई बनाउने योजना बनाइरहेका छन् । यस विवाहमा वरुण र नताशाको घर परिवार र उनीहरूको नजिकको एकदम मिल्ने साथीहरूको मात्र उपस्थिति रहने बताइएको छ । विवाहपछि मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टी आयोजना हुनेछ । कलेजको समयदेखि नै नताशासँग प्रेममा रहेका वरुणले आफ्नो प्रेमसम्बन्ध गोप्य राखेका थिए । पछिल्लोसमय वरुण र नताशा सधै साथ–साथ देखिँदै आएका छन् ।

jackson ribon