birat ribon

सवारी दुर्घटना : उपत्यकामा पाँच महिनामा ७६ जनाको मृत्यु

Neuro
सवारी दुर्घटना : उपत्यकामा पाँच महिनामा ७६ जनाको मृत्यु

काठमाडौं, १० पुस । पछिल्लो पाँच महिनामा काठमाडौं उपत्यकामात्र सवारी दुर्घटनामा परी ७६ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा भएकाे सवारी दुर्घटनामा परी ६० पुरुष र १६ महिलाकाे मृत्यु भएकाे हाे ।

Padelux insider
cura insider

मृत्यु भएकामध्ये पैदलयात्रु ३२, मोटरसाइकल तथा स्कुटर दुर्घटना ३४, ट्रक तीन, साइकल एक, कार एक र बसबाट पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार अधिकांश दुर्घटना तीव्रगति र चालकको लापर्वाहीका कारण हुने गरेका छन् ।
‘पैदलयात्रुले जथाभावीरुपमा बाटो काट्दा पनि सवारी दुर्घटना हुने गरेको छ”, उनले भने ‘बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले वर्षेनी सवारी साधन दुर्घटना र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।’

उपत्यकामा पाँच महिनाको अवधिमा नौ हजार ६९८ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेकामध्ये सबैभन्दा धेरै तीन हजार ७६९ मोटरसाइकल र स्कुटर रहेका छन् ।

कार, जीप भ्यान तीन हजार ७४०, बस एक हजार २४१, ट्रक, टिपर ९२२, माइक्रो १५६, टेम्पो ७३ र शारीरिक शक्तिबाट चल्ने ६७ सवारी साधन दुर्घटनामा परेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका सडकमा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगरी जथाभावीरुपमा बाटो काट्दा धेरै दुर्घटना हुने गरेको बताउँछन् ।

उपत्यकामा आर्थिक वर्ष २०७४÷०७५ मा १९४ र २०७५÷०७६ मा २५४ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो ।

त्यस्तै यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् । रासस

jackson ribon