birat ribon

१० मध्ये ७ जनामा पाठेघरको समस्या, किशोरीहरूमा पनि पाठेघर सुन्निने समस्या

Neuro
१० मध्ये ७ जनामा पाठेघरको समस्या, किशोरीहरूमा पनि पाठेघर सुन्निने समस्या

विराटनगर, १० पुस । महिलाहरूसँग जोडिएका थुप्रै स्वास्थ्य समस्याहरूमध्ये पाठेघरको समस्या अहिले निकै ठूलो समस्या बनेको छ । पछिल्लो तथ्याकंलाई हेर्ने हो भने १० महिलाहरूमध्ये ७ जनामा पाठेघरको समस्या भएको पाइएको छ ।

पुरुषसँग शारीरिक यौनसम्बन्ध भसकेका महिलालाई मात्र पाठेघरको समस्या हुने सम्भावना भएको र शारीरिक यौनसम्पर्क नभएका महिलामा यो समस्या नहुने मान्यता छ । तर, विवाहित होस् वा अविवाहित किशोरी सबैमा पाठेघरको समस्या भएको पाइन्छ । खराब जीवनशैलीका कारण किशोरावस्थामा नै पाठेघर फुल्ने र सानासाना सिस्ट बन्न सुरु हुन थालिसकेको छ ।

cura insider

यस्ता समस्यालाई बढाउनका लागि सरसफाइमा लापरवाही, बाहिरको तारेको, भुटेको चिल्लो खाना, जंक फुड, शारीरिक व्यायामको कमि, दैनिक तनावका कारणले किशोरीहरूको पाठेघर फुल्न मद्दत गर्छ र अन्य समस्या पनि उत्पन्न गराउँछ । यसले बिस्तारै महिनावारीमा गडबढी हुन सुरु हुन्छ र बाँझोपन र पाठेघरको क्यान्सर जस्ता रोगको खतरा बढाउने गर्छ ।

महिनावारी बन्द भएको कारण ५० र ५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरमा समस्या हुने प्रचलन हाम्रो समाजमा रहेको छ । तर, २० देखि ४० वर्षका महिलामा पाठेघरको समस्या आउनुका कारणहरूमा कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायामको कमी, मोटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधिको सेवन, वा धेरै व्यायाम गर्ने आदिलाई मानिन्छ ।

सामान्य मात्रामा खानेकुरा खादा पनि लगातार पेट बढेमा, पेट तथा कम्मर दुखेमा, ग्यास्ट्रिक भएमा, कब्जियत, पखाला र बान्ता भएमा, अत्यधिक पानी नपिउँदा पनि बारम्बार पिसाब आएमा, यौनाङ्ग चिलाउने, पोल्ने र अत्यधिक मात्रामा सेतो पानी बगेमा, महिनावारीमा गडबडी भएमा, यौनसम्पर्क राख्दा पीडा भएमा पाठेघरमा समस्या हुन सक्छ । त्यसैले, यस्तो समस्या देखा परेमा डाक्टरकहाँ गएर परीक्षण गरि उपचार गर्दा समस्या निवारण हुन सक्छ ।

jackson ribon