birat ribon

‘बन्टी और बबली–२’ मा सैफ र रानी ठगको भूमिकामा

Neuro
‘बन्टी और बबली–२’ मा सैफ र रानी ठगको भूमिकामा

विराटनगर, १० पुस । सन् २००५मा प्रदर्शनमा आएको हिट फिल्म ‘बन्टी और बबली’को सिक्वेल ‘बन्टी और बबली–२’ को निर्माण गर्ने यशराज फिल्म्सले घोषणा गरेको छ । फिल्मको सिक्वेलमा सिद्धान्त चतुर्वेदी र सरवरी वागको जोडी मुख्य भूमिकामा देखिने भएको छ । त्यस्तै, फिल्ममा अभिनेत्री रानी मुखर्जी र अभिनेता सैफ अली खानको पनि इन्ट्री भएको छ ।

फिल्ममा सैफ र रानी सिनियर ठगको भूमिकामा देखिने पक्का भएको छ । फिल्मको पहिलो भागमा अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जीको अभिनय रहेको थियो । ‘बन्टी और बबली–२’ मा सैफले अभिषेक बच्चनलाई रिप्लेस गरेका हुन् । फिल्मलाई वरुण शर्माले निर्देशन गर्दैछन् । फिल्मको सिक्वलको शूटिङ २०२० मा सुरु हुने पक्का भएको छ ।

cura insider

सैफ अली खानको साथमा रानी मुर्खजीले यसअघि पनि काम गरिसकेकी छन् । ‘हम तुम’, ‘तारा रम पम’ र ‘थोडा प्यार’ जस्ता फिल्ममा यी दुईले एकसाथ स्किन सेयर गरेका थिए । रानी र सैफ ११ वर्षपछि फेरि एक साथ देखिँदै छन् ।

फिल्मका लागि अभिषेक बच्चन निर्माताको पहिलो प्राथमिकतामा भए पनि अभिषेकले फिल्ममा काम गर्न अस्वीकार गरेपछि रानीसँग सैफको जोडी बनेको हो । सैफले फिल्ममा जोडिन पाएकोमा निकै उत्साहित रहेका छन् ।

jackson ribon