बोली नफुट्दै कखरा

मधु राई

विराटनगर ११ निवासी उत्तम कार्कीले आफ्ना अढाइ वर्षे जुम्ल्याहा छोराहरूलाई घर नजिकैको एउटा बालविकास कक्षासहितको पूर्वप्राविमा भर्ना गरेका छन् । “खेल्दै सिकोस् भनेर बालविकास कक्षासहितको विद्यालय रोजेको हुँ,” भन्छन् अभिभावक कार्की । पछिल्लो समय अभिभावक कार्कीजस्ता थोरैले बालविकास कक्षासहितकोे विद्यालय रोजे पनि बहुसंख्यक अभिभावकहरू अझै पनि बालमनोविज्ञानका विषयमा त्यति संवेदनशील देखिँदैनन् । उनीहरू आफ्ना उमेर नपुगेका छोराछोरीले चाँडोभन्दा चाँडो सिकोस् भनेर धेरै पढाउने विद्यालय रोज्छन् । “सिकाएपछि सिकी हाल्छन् नि” भन्ने अभिभावकहरू बग्रेल्ती भेटिन्छन् टोलछिमेकमा ।

पछिल्लोसमय टोलटोलमा खुलेका मन्टेश्वरीहरुले उमेर नपुगेका विद्यार्थीहरूलाई धमाधम भर्ना गर्न थालेपछि बहुसंख्यक अभिभावकहरूको आशाअपेक्षा चुलिएको छ । यस्ता कतिपय कारणले पनि कसले कति चाँडो यी उमेर नपुगेका बालबालिकालाई पढाउने भन्नेबारे मन्टेश्वरी र विद्यालयहरूबीच एककिसिमले अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ शिक्षा क्षेत्रमा । बहुसंख्यक यस्ता स्कुल तथा मन्टेश्वरीहरूले कस्ता शिक्षक वा सहजकर्ताले कसरी, कस्तो शिक्षणविधि अपनाइ र कस्ता शैक्षिक सामग्री प्रयोग गरी औपचारिक शिक्षाको सुरुआत गरिरहेका छन् भन्ने विषयमा बहुसंख्यक अभिभावकहरूले त्यतिसारो चासो राखेको पाइँदैन ।

यस्तै कतिपय हुनेखाने र शिक्षित अभिभावकहरूमध्ये केहीले यी र यस्ता विषयमा थोरैले भएपनि चासो राख्न थालेकोले यस्ता अभिभावकको रोजाइमा मन्टेश्वरी र बालविकाससहितको पूर्वप्रावि पर्न थालेका छन् । यस्तै अभिभावक चाहे हुनेखाने हुन वा हु“दाखाने साक्षर, बहुसंख्यक उनीहरूले हिजोका दिन आफूहरूले पा“च वर्ष पुगेर वा त्योभन्दा बढी उमेरमा औपचारिक शिक्षा आर्जन गर्नेहरू आज ठूलो दिग्भ्रममा परेका छन् या पारिएका छन् । यस्ता अभिभावकहरूलाई परम्परागत शिक्षणसिकाइ गर्ने र बालमनोविज्ञानका कुरालाई था“ति राख्ने स्थापित विद्यालयहरूले दिग्भ्रमितमा पारेका छन् भन्दा दुईमत नहोला ।

वास्तवमा भन्ने हो भने प्रारम्भिक बाल विकासको अवधारणा अनुसार ४८ महिनादेखि मात्र औपचारिक शिक्षाको सुरुआत गर्नुपर्छ भन्ने मान्यता सर्वत्र छ तर हामीकहाँ सरकारी अनुगमन फित्तलो मात्र हैन् निष्प्रभावी छ भन्दा फरक नपर्ला । किनभने मन्टेश्वरीहरूले मात्र हैन् अधिकांश नाम चलेका स्थापित स्कुलहरूले समेत बोली नफुटेका ससाना विद्यार्थीहरूलाई पढाउँछौं–लेखाउँछौ भन्दै भर्ना गर्न थालेपछि प्रारम्भिक बाल विकासको अवधारणा र शिक्षणविधि ओझेलमा परेको देखिन्छ । यसरी सानै उमेरमा औपचारिक शिक्षाको सुरुआत गर्दा यसले कालान्तरमा पार्ने दीर्घकालीन नकारात्मक प्रभावबारे अभिभावक र शिक्षाका सरोकारवालाहरू अनभिज्ञ देखिन्छन् ।

त्यसो त सामुदायिक विद्यालयहरूले पनि पछिल्लोसमय उमेर नपुगेका बालबालिकाहरूलाई आफ्नो मातहतमा सञ्चालित बाल विकास केन्द्रमा भर्ना गर्दै आएका छन् । कतिपय यस्ता बाल विकास केन्द्रहरू समुदायमा आधारित छन् । समुदायमा आधारित कतिपय यस्ता बाल विकास केन्द्रको भौतिक संरचनाबारे स्थानीय सरकार मौन देखिन्छ । त्यतिमात्र हैन कतिपय सहजकर्ताले आफ्नै घरको बरान्डा वा छिमेकीको घरआँगनमा टहरो बनाइ बालविकास केन्द्र सञ्चालन गरेका छन् । यसरी प्रारम्भिक बालविकासको सैद्धान्तिक अवधारणा विकसित मुलुकको सरह भएपनि व्यवहारिक ज्ञान प्रवाहका लागि चाहिने भौतिक संरचना र शैक्षिक सामग्रीको अभावले हाल सञ्चालित बालविकास केन्द्रको शिक्षणसिकाइ निष्प्रभावी देखिएको छ ।

त्यतिमात्र हैन् कतिपय यस्ता बालविकास केन्द्रहरुले दुईवर्षदेखि नै विद्यार्थी भर्ना गर्न थालेपछि अभिभावकहरू पनि केहीसमय यस्ता बालविकास केन्द्रमा बानी पार्न पठाउ“छन् र नजिकैको विद्यालयमा आफ्ना उमेर नपुगेका छोराछोरीलाई भर्ना गर्न हतारिन्छन् । फेरि यस्ता बालविकास केन्द्रहरूले निःशुल्क सेवा प्रदान गर्ने भएकोले सहजकर्ताले कसरी, कस्तो शिक्षणविधि र कस्ता शैक्षिक सामग्री प्रयोग गरी शिक्षणसिकाइ गरिरहेका छन् भन्ने विषयमा अभिभावकहरूले चासो राख्दैनन् ।

यी र यस्ता कतिपय कारणले गर्दा सरकारी बालविकास केन्द्रहरुको शिक्षणसिकाइ विशेष गरी प्रारम्भिक बालविकासको अवधारणाअनुरुप हुनसकेको देखिँदैन । यसले गर्दा शहरबजारमा सञ्चालित सरकारी बालविकास केन्द्रहरू अरुकालागि रोलमोडल बन्न सकेको देखिँदैन । गाउ“घरमा सञ्चालित बालविकास केन्द्रहरूले धेरथोर अभिभावकहरूलाई आकर्षित गर्ने गरेपनि नगरक्षेत्रका बालविकास केन्द्रहरूले अभिभावकहरूलाई आकर्षित गर्न सकेका छैनन् ।

यस्तै सामुदायिक शिक्षाको शुरुआत प्रारम्भिक बालविकासको अवधारणाअनुरुप गर्ने गराउने भनेर शिक्षाका सरोकारवालहरू एकातिर बाल विकास केन्द्रहरूको संख्या अपुग भयो भनेर वर्षैपिच्छे थप्नुपर्छ भन्दै आएका छन् भने अर्कातिर हाल सञ्चालित बालविकास केन्द्रहरूको स्तरोन्नतिका लागि कही“कतैबाट पहल थालिएको देखिँदैन बरु पछिल्लोसमय सहजकर्ताहरू आफ्नो सेवासुविधाका लागि आन्दोलित भएको समाचार बेलाबेला जनसमक्ष आउने गरेको छ । आफ्नो सेवासुविधास“गै बालविकास केन्द्रको स्तरोन्नतिका लागि सहजकर्ताहरूले त्यति पहल न गरेकै परिणाम भन्नुपर्छ टोलटोलमा सञ्चालित बालविकास केन्द्रहरू उमेर नपुगेका बालबालिकाहरूका लागि दिवाकेन्द्रको रूपमा परिणत हुँदै गएका छन् ।

यस्तै चाहे मातृ विद्यालयको मातहत होस् वा समुदायमा आधारित, अधिकांश बालविकास केन्द्रको शिक्षणसिकाइको प्रभावकारिताका लागि शैक्षिक सामग्री अपरिहार्य छ । तर अफसोस् हाल सञ्चालित बालविकास केन्द्रहरूमा त्यस्ता सामग्रीको अभाव टडकारो रूपमा देखिन्छ । किनभने प्रारम्भिक बालविकासको अवधारणा अनुरुप शिक्षणसिकाइले बालबालिकाको सर्वाङ्गिण विकास हुन्छ । सर्वाङ्गिण विकासका लागि शैक्षिक सामग्रीहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । उदाहरणका लागि बोली नफुटेका ससाना बालबालिकाको भाषिक सीपको विकास गर्न चित्रहरू भएको पत्रपत्रिका र पुस्तक आवश्यक पर्छ । कपिय यस्ता शैक्षिक सामग्रीहरूको उपलब्धता सहजकर्ताको सिर्जनशीलतामा भर पर्छ । किनभने कतिपय यस्ता शैक्षिक सामग्रीहरू किन्नै पर्दैन । ठूलाले पढ्ने गरेका दैनिक र साप्ताहिक पत्रपत्रिका सहजकर्ताले जुटाउन सके सित्तैमा ससाना बालबालिकाले चित्र हेर्दै सिक्छन् भने काम नलाग्ने कागजजन्य फोहोरलाई पुनः प्रयोग र पुनः चक्रण गरी खेल सामग्री बनाउन सकिन्छ ।

यस्तै भाषिक सीपसँगै अन्य सीपहरू जस्तै सिर्जनात्मक सीप, निर्माण सीप, स्वावलम्बन सीपको विकास गराउन सहजकर्ताले आफ्नो सिर्जनशीलता खर्च गरी शैक्षिक सामग्री निर्माण गर्ने हो भने एकातिर बालबालिकाहरूले प्रारम्भिक बालविकासअनुरुप सिक्छन भने अर्कातिर सहजकर्ताहरू थप सिर्जनशील बन्ने वातावरण तयार हुन्छ । यस्तै प्रारम्भिक बालविकासको शिक्षणसिकाइले बालबालिकाको भाषिक सीप मात्र हैन सर्वाङ्गिण सीपको विकाससमेत हुन्छ । यसरी बालबालिकाहरूको सर्वाङ्गिण विकास हुनु भनेको उनीहरू औपचारिक शिक्षाका लागि तयार हुनु पनि हो ।

यसरी नेपालमा प्रारम्भिक बालविकासको अवधारणा भित्रिएको दसकौं बितिसके पनि अधिकांश सरकारी र निजी विद्यालयहरूले प्रारम्भिक बालविकासको अवधारणाअनुरुप शिक्षण सिकाइ नगर्दा शिक्षालयहरू शिक्षित बेरोजगार जन्माउने पहिलो कारखाना बन्दैछन् भन्ने शिक्षाविद्हरूको ठहर छ । किनभने प्रारम्भिक बालविकासको अवधारणाअनुरुपको शिक्षणसिकाइले मात्र बालबालिकाहरू मानसिक र शारीरिक रूपले तयार हुन्छन औपचारिक शिक्षाका लागि । र, यस्तो अभ्यासको थालनी वर्षौंअघि सुरु गरेका विकसित मुलुकको अभ्यासले देखाएको छ ।

यस्तै विकसित मुलुकमध्ये फिनल्यान्डमा सातवर्ष पुगेपछि मात्रै औपचारिक शिक्षाको सुरुआत गरिन्छ । त्यहाँ सञ्चालित पाइबाकोटी (दिवा केन्द्र) हरूले अभिभावकको व्यस्ततालाई मध्येनजर गरी नौ महिनादेखिको बालबालिका राखिदिने गरेपनि ६ वर्षसम्म त्यस्ता केन्द्रमा अनिवार्य राख्नुपर्ने सरकारले नियम बनाएको छ । भारतका दिल्ली मुम्बइजस्ता ठूला सहरहरूमा शिक्षित अभिभावकहरूले सामूहिक रूपमा यस्ता दिवा केन्द्र र बालविकास केन्द्रहरू सञ्चालन गर्दै आएको कुरा त्यहा“का सञ्चारमाध्यमहरूले बेलाबेला जनसमक्ष ल्याउने गरेका छन् ।

हामीकहाँ पनि तीन या चारवर्ष पुगेका बालबालिकाहरूलाई प्रारम्भिक बालविकासको अवधारणाअनुरुप शिक्षणसिकाइ गर्ने हो भने विकसित मुलुकको अभ्यासलाई अनुशरण गर्न जरुरी छ । यसका लागि सरकारले सर्वप्रथम बालविकास केन्द्रहरूको नियमित अनुगमन गर्न जरुरी छ । बोली नफुटेका ससाना बालबालिकालाई निश्चित उमेर पूरा नगरी बालविकास केन्द्रहरूले भर्ना लिनु हु“दैन भन्ने सरकारले नियम बनाउने बनाइ लागू गर्न जरुरी छ ।

सरकारी बालविकास केन्द्रहरूले यस्ता नियम पालना गरे ढिलोचाँडो मन्टेश्वरी र निजी विद्यालयहरूले पनि बोली नफुटेकालाई जबर्जस्ती कखरा सिकाउने परम्परा रोकिन्छ । यसका लागि सहजकर्ता, शिक्षक र विद्यालय व्यवस्थापनले पनि प्रारम्भिक बालविकासको अवधारणा बुझ्न र सोहीअनुरुपको शिक्षणसिकाइ थाल्न जरुरी छ ।

Loading...