birat ribon

मनाङ र बिग्रेड ब्वाइज भिड्दै, मनाङको नजर शीर्ष स्थान

Neuro
मनाङ र बिग्रेड ब्वाइज भिड्दै, मनाङको नजर शीर्ष स्थान

काठमाडौं, १० पुस । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछन् । जारी लिगको तेस्रो चरणअन्तर्गत आज दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

sdf

आजको पहिलो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्याह्न १२ बजे हुनेछ । जहाँ, ब्रिगेड ब्वाईज र मनाङ मस्र्याङ्दी क्लबले खेल्दैछन् । यस खेलमा मनाङलाई शीर्ष स्थानमा उक्लिने अवसर छ । मनाङ हाल ६ अंकसहित दोस्रो स्थानमा छ ।

cura insider

शीर्ष स्थानमा भने ३ खेल खेलेको मछिन्द्र क्लब रहेको छ । मछिन्द्रसँग पनि समान ६ अंक छ । तर, गोलान्तरको आधारमा ऊ शीर्ष स्थानमा छ । यस्तै आजको दोस्रो खेलमा भने संकटा क्लब र जावलाखेलले खेल्दैछन् । दशरथ रंगशालामा हुने यस खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

jackson ribon