birat ribon

जाडोमा दाँतको दुखाइ बढ्ने

Neuro
जाडोमा दाँतको दुखाइ बढ्ने

विराटनगर, १० पुस । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न समस्याहरू देखापर्न थाल्छ । मौसमी रुघाखोकी, फ्लु, ज्वरो, टाउको दुख्ने, पिनास, टन्सिललगायतका विभिन्न समस्याहरू जस्तै चिसोका कारणले दाँतको दुखाई पनि हुन सक्छ ।

जाडोको समयमा पानी निक्कै चिसो हुने गर्छ । चिसो पानीले दाँत माझ्ने गर्दा दाँतमा संवेदनशीलता आउन सक्छ । र, चिसोका कारण कतिपय मानिसहरू ब्रससमेत गर्दैनन् । चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाइ पनि बढी गर्छ ।

cura insider

त्यस्तै, जाडोको समयमा धेरै तातो खानेकुराले पनि दाँतमा समस्या उत्पन्न गराउन सक्छ । जाडो मौसममा दाँतको दुखाइका साथ साथै श्वास गन्हाउने, हर्षा, पाइरिया र घाउखटिराले पनि सताउने गर्छ । दाँतको राम्ररी हेरचाह नगर्दा, राम्रो तरिकाले ब्रस नगर्दा दाँतको इनामेलमा असर पर्छ र दाँतमा समस्या उत्पन्न हुन सुरु हुन्छ ।

त्यसपछि, चिसो, तातो, गुलियो तथा अमिलो खानेकुराको सेवनले दाँतमा असर गर्न थाल्छ र सिरिङ–सिरिङ हुन्छ । ब्रस गर्ने तरिका, नराम्रो ब्रस र नराम्रो टुथपेस्टको प्रयोगले दाँतको इनामेल खिइने गर्छ । सूक्ष्म जीवको अनुपस्थितिमा रसायन तथा मेकानिकल कारणले अम्लीय पदार्थहरू बनेर दाँतको सतह नोक्सान हुन्छ । यसले दाँत किराले खाने, सड्ने, गिजामा समस्या, दन्तहर्षा, पाइरिया भइ झन्झनाहट सुरु हुन्छ । जाडोको मौसममा दाँतको अझ धेरै हेरचाह गर्नुपर्छ ।

३ देखि ६ वर्षको बच्चाहरूलाई केराउको दानाभन्दा सानो मात्रामा र ६ वर्षभन्दा माथिहरूका लागि केराउ जतिको मात्राको फ्लुरोइडयुक्त टुथपेस्ट र नरम ब्रसको प्रयोग गर्नु पर्छ । तातो पानीको प्रयोग गरेर भए पनि बिहान–बेलुका खाना खाएपछि कुल्ला गर्नु आवश्यक हुन्छ । साथै, माउथवासले पनि कुल्ला गर्नुका साथै समय समयमा पानीले मुख कुल्ला गरिरहनु पर्छ ।

jackson ribon