birat ribon

बार्सिलोना बन्यो विश्वकै धनी क्लब, रोनाल्डोको प्रभावका कारण युभेन्टस पनि सूचीमा

Neuro
बार्सिलोना बन्यो विश्वकै धनी क्लब, रोनाल्डोको प्रभावका कारण युभेन्टस पनि सूचीमा

एजेन्सी, १० पुस । स्पेनिस च्याम्पियन क्लब बार्सिलोना विश्वको सबैधन्दा धनी क्लब बनेको छ । अस्ट्रेलियाको खेल व्यवस्थापन कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको धनी क्लबहरूको सूचीमा गत सिजनको ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले शीर्ष स्थान बनाएको हो ।

हालै ग्लोबल स्पोर्ट्सले सार्वजनिक गरेको तथ्यांकअनुसार बार्सिलोनाको खेलाडीहरूको औसत वार्षिक तलब १ सय ४७ करोड नेपाली रुपैयाँ रहेको छ । यद्यपि, अघिल्लो वर्षको तथ्यांकमा बार्सिलोनाका खेलाडीको औसत तलब १ सय ५६ करोड नेपाली रुपैयाँ रहेको थियो ।

cura insider

उक्त सूचीको दोस्रो स्थानमा भने बार्सिलोनाकै प्रतिद्वन्द्वी क्लब रियल मड्रिड छ । उक्त तथ्यांकअनुसार रियलको खेलाडीको वार्षिक तलब १ सय ३२ करोड रुपैयाँ रहेको छ । रियलभन्दा एक स्थान तल इटालीको च्याम्पियन क्लब युभेन्टस छ । उसका खेलाडीको वार्षिक तलब १ सय २० करोड रुपैयाँ छ ।

युभेन्टस २ वर्षमै धनी क्लबको तेस्रो स्थानमा आइपुगेको हो । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस आएपछि ऊ यस सूची आउन सफल भएको हो । यस्तै चौथो स्थानमा बास्केटबल क्लब पोर्टल्याण्ड ट्रेल ब्लेजर छ । यस क्लबका खेलाडीको औसत तलब १ सय १८ करोड रुपैयाँ छ ।

jackson ribon