birat ribon

सिद्धबाबाको अडियो रेकर्ड म्याच

Neuro
सिद्धबाबाको अडियो रेकर्ड म्याच

विराटनगर,१० पुस । आफ्नै अनुयायी माथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएको अडियो उनकै भएको पुष्टी भएको छ ।

cura insider

अनुयायि माथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । तर अडियो रेकर्ड सार्बजनिक भएपछि गिरीले आफ्नो आवाज नभएको बताएका थिए । प्रहरीको बिधि बिज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबा कै भएको रिपोर्ट दिएको हो ।

महिला अनुयायीले करणी गरेको उजुरी दिएपछि गिरीले आफ्नो गल्ती भएको स्वीकार गर्दै महिलालाई मुद्दा फिर्ता लिन भनेका थिए । तर महिलाले गिरीले गरेको फोन रेकर्ड गरेकी थिइन् ।

मुद्दा फिर्ता लिए लिङ्ग काटेर फाल्ने र खुट्टामा ढोगेर माफी माग्ने बताएका गिरीले रेकर्ड सार्बजनिक भएपछि आवाज आफ्नो नभएको दाबि गरेका थिए । उनले आफूमाथि फसाउने सड्यन्त्र भएको बताउँदै महिलालाई नचिन्ने बताएका थिए ।

‘आवाज म्याच भएको रिपोर्ट आएको छ ।’ प्रहरी स्रोतले भन्यो ‘ झण्डै ७७ प्रतिशत आवाज म्याच भएको छ ।’ सामान्यतया ५० प्रतिशत आवाज मिलेको अवस्थामा प्रमाणको रुपमा लिन सकिन्छ ।

प्रहरीले सोही आवाज मिलेको रिपोर्टसहितको मिसिल सरकारी वकिलको कार्यालय सुनसरीमा बुझाएको प्रहरी स्रोतले जानकारी दिएको छ । सिद्धबाबाको मुद्दा सरकारी वकिलको कार्यालयले बिहीबार बुझाउने तयारी गरेको छ ।

jackson ribon