birat ribon

पत्रपत्रिकामा प्रदेश : प्रदेश १ का विद्यालयमा जंकफुड प्रतिबन्ध

Neuro
पत्रपत्रिकामा प्रदेश : प्रदेश १ का विद्यालयमा जंकफुड प्रतिबन्ध

विराटनगर १० पुस । प्रदेश १ का शिक्षण संस्थाहरुमा जंकफुड(पत्रुखाना) प्रतिबन्ध लगाइने भएको छ ।

प्रदेश १ सरकारले शिक्षण संस्थामा जंकफुड र सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई निषेधित गर्दै लैजान अभियान नै सुरु गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

cura insider

पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा प्रत्येक विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्ने र जंकफुड बन्द गर्न निर्देशन दिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । अभियानको बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे ।

‘लथालिङ्ग पशु वधशाला, दुर्गन्धित मासु पसल’ शिर्षकमा ब्लाष्ट टाइम्समा मुख्य खबर छ । सुनसरीको झुम्का क्षेत्रमा करोडको लगानीमा निर्माण भएको पशु वधशालालथालिङ्ग छ । वधशाला संचालन नहुँदा फोहोरको मासु पसलबाट नै मासुको किनबेच भइरहेको छ ।

व्यवस्थित मासु पसल संचालन गर्न पटक पटक अनुरोध गरेपनि सुनुवाई भएको छैन् । नगरपालिकाले वेवास्ता गर्दा वधशाला लथालिङ्ग भएको स्थानीय देवानन्द श्रेष्ठले बताए । राजमार्गमै रहेका मासु पसल धुलोले पुरिए जत्तिकै हुने गरेको छ ।

‘पूर्वाधार उपयोग भएन्’ शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । पर्यटन पूर्वाधारका लागि डेढ अर्व छुट्याएको प्रदेश १ सरकारले बजेट उपयोगमा ध्यान दिएको छैन् । ठुलो बजेट ठोस काममा उपयोग गर्नुको साटो पर्यटन वर्ष उद्घाटनमा मात्रै २५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राईले चालू आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ बजेट पर्यटन पूर्वाधारको लागि छुट्याएको बताए । तर बजेट कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

पर्यटन प्रर्वद्धनको लागि अहिले नै ठोस योजना बनिनसकेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतको भनाइ छ । पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा भारतको पश्चिम बंगाल, विहार र सिक्किमको क्षेत्रमा प्रचारप्रसारको योजना बनाउँदै गरेको उनले बताए ।

jackson ribon