birat ribon

तालिवानद्वारा २६ शान्ति अभियानकर्मी अपहरण

Neuro
तालिवानद्वारा २६ शान्ति अभियानकर्मी अपहरण

काबुल, अफगानिस्तान, ९ पुस । तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका छन् ।

अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा लुकेर बसेका तालिबानका कार्यकर्ताले अधिकारकर्मीहरू चढेका ६ वटा गाडीलाई बाटोमा रोकेर २६ जनालाई अज्ञात स्थलतर्फ लगेको प्रान्तीय प्रहरी प्रवक्ता मोहीबुलाह मोहिभले बताए ।

cura insider

तर अफगानी जनशान्ति अभियानका बसिमिल्लाह वातानदोस्तले समूहका २७ जना अपहरणमा परेको बताए । प्रहरीले अपहरणकारीलाई पछ्याउँदै शान्ति अभियानकर्मीको खोजी गरिरहेको छ । अपहरणमा परेका ती व्यक्तिहरूले गाउँगाउँमा शान्तिका लागि स्थानीयको सहभागीतामा प्रदर्शन गर्दै आएका थिए ।
फारामा सक्रिय तालिवान समूहले भने घटना सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।

jackson ribon