birat ribon

आशा भोस्ले नेपालमा

Neuro
आशा भोस्ले नेपालमा

काठमाडौं ९ पुस । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार साँझ नेपाल आएकी छिन् ।

त्रिभुवन विमानस्थलमा भोस्लेलाई झाँकीसहित स्वागत गरिएको छ । भोस्लेको स्वागतका लागि वरिष्ठ कलाकारहरु विमानस्थल पुगेका थिए ।

cura insider

भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा काठमाडौंमा केही गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले बताए । भोस्लेको पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा लगायतका चर्चित गीतको माध्यमबाट भोस्लेले नेपाली संगीतको क्षेत्रमा योगदान दिएकी छिन् ।

jackson ribon