birat ribon

सदन र सडकमा जाने बाटो खुला भयो : डा. भट्टराई

Neuro
सदन र सडकमा जाने बाटो खुला भयो : डा. भट्टराई

काठमाडौं ९ पुस । समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन् ।

सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने उनले बताए ।

cura insider

अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको आरोप लगाउदै उनले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । संविधान संशोधनको विकल्प नभएको समेत उनको दाबी छ ।

सरकारलाई समर्थन फिर्ता गरेपछि बुधबार सिंहदरबारमा पार्टीको आगामी योजनाबारे पत्रकारलाई जानकारी गराउँदै अध्यक्ष डा. भट्टराईले माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित सङ्घीयता आवश्यक रहेको बताए ।

डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता रहेकोमा जोड दिए ।

उनले राजनीतिक अस्थिरताको अगुवाइ गर्ने डा. बाबुराम भट्टराई हो भनेर कसैले भन्यो भने त्यसमा आफूलाई गर्व लाग्ने बताए । क्रान्ति भनेको अस्थिर ढङ्गले नै हुने भन्दै उनले क्रान्तिपछि बल्ल स्थिरता आउने बताए ।

jackson ribon