birat ribon

ख्रीष्टमस मनाइयो

Neuro
ख्रीष्टमस मनाइयो

विराटनगर ९ पुस । ख्रीष्टमसको उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ख्रीस्टमस दिवस मनाएका छन् ।

ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरमा विश्वभरका क्रिश्चियन धर्मावलम्बीले यशु खीष्टको जन्मदिन मानेर ख्रीष्टमस मनाउने गर्दछन् ।

cura insider

२०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको विश्वास छ । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरे ।

नेपालमा १२ हजार ५ सय चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको आकलन गरिएको छ ।
यस अवसरमा शहरका विभिन्न स्थानमा ख्रीष्टमस ट्रि सजाएर राखिएको छ । क्रिश्चियन धर्मावलम्बीले एकापसमा शुभकामना आदानप्रदान गरी यो दिवस मनाउने चलन छ ।

jackson ribon