birat ribon

जापानका प्रधानमन्त्री चीन भ्रमणमा, चिनियाँ समकक्षीसँग गरे भेटवार्ता

Neuro
जापानका प्रधानमन्त्री चीन भ्रमणमा, चिनियाँ समकक्षीसँग गरे भेटवार्ता

चीन ९ पुस । चीनका प्रधानमन्त्री ली खछ्याङले बुधबार सछ्वान प्रान्तको तुच्याङयान शहरमा जापानका प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री लीले चीन र जापानले दुई देशको सम्बन्धलाई सही मार्गमा फर्काउन तयार हुनु पर्ने धारणा राखेका छन् ।

cura insider

उनले चार राजनीतिक दस्तावेजमा निश्चित सिद्धान्तको पालना गरी इतिहासबाट सिकेर भविष्यमा संवेदनशील समस्याको सावधानीपूर्ण समाधान खोजेर दुई देशको सम्बन्धलाई सही मार्गमा फर्काउने आधारमा अझ विकास गर्नुपर्ने बताए ।

चीनले जापानसँग दुई पक्षबीचमा अझ बढी उच्चस्तरीय आदान–प्रदानका लागि राम्रो वातावरणको सिर्जना गर्ने आशा गरेको पनि उनले बताए । विश्वका प्रमुख अर्थतन्त्र चीन र जापान एक आपसका लागि मुख्य व्यापारिक साझेदार हुन् ।

चीनले सेवा उद्योगको खुलापनलाई विस्तार गर्दैछ । यसबाट दुई देशको सहकार्य गर्न अझ बढी अवसर मिलेको प्रधानमन्त्री लीको भनाइ छ ।

दुई एशियाली मुलुकले क्षेत्रीय तथा विश्व शान्ति, स्थिरता, विकास तथा समृद्धिका लागि जिम्मेवारी वहन गरेको प्रधानमन्त्री आबेले बताए ।

दुई पक्षले उच्चस्तरीय आदान–प्रदानलाई घनिष्ट पार्नुका साथै वार्तालाई सबल पारी सम्बन्धको नयाँ युगको सिर्जना गर्नुपर्ने पनि प्रधानमन्त्री आबेले बताए ।

jackson ribon