visit-nepal

‘समृद्धिको लागि शैक्षिक जनशक्ति आवश्यक छ’- प्रधानमन्त्री ओली

काठमाडौं ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आशावादी भएको बताएका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागी हुँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने बताए ।

‘राजनीतिक संक्रमणकाल पार गरेपछि देश विकास र समृद्धिको चरणमा प्रवेश गरेको भन्दै ओलीले सामाजिक न्याय सहितको समानता, विकास र सुशासन अबको लक्ष्य रहेको बताए ।

प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मदत पुग्ने विश्वास व्यक्त गरे ।

सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको छ ।

ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

Loading...