birat ribon

प्रदेश १ वासीलाई स्वस्थ्य बनाउन अभियान सुरु

Neuro
प्रदेश १ वासीलाई स्वस्थ्य बनाउन अभियान सुरु

रंगेली ९ पुस । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले रोग लाग्नु भन्दा रोग लाग्न नदिने गरि प्रदेशवासीको व्यवहारमा परिवर्तन ल्याउने अभियान सुरु गरेको छ ।

प्रदेशको जनतालाई स्वस्थ व्यवहार अवलम्बन गराउन मन्त्रालयले बुधबारबाट ‘स्वस्थ जीवन प्रवद्र्धन अभियान’को थालनी गरेको हो । सर्ने भन्दा नसर्ने रोगको समस्या विकराल बन्दै गएको पछिल्लो तथ्यांकलाई मध्येनजर गर्दै मन्त्रालयले विराटनगरबाट अभियान सुभारम्भ गरेको हो ।

cura insider

अभियानाले प्रदेशवासीलाई स्वस्थ रहनको लागी व्यवहारमा परिवर्तनको लागी उत्प्रेरित गर्ने विभिन्न कार्यक्रमहरु रहेका छन् ।

स्वास्थ्य तथा जनसंखयामन्त्री भानुभक्त ढकालसँगै स्थानीय तहका जनप्रतिनिधिहरुले अभियानमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे ।

उनीहरुले आफ्नो समुदायका नागरिकलाई स्वस्थ्य जीवनशैली अपनाउने अवस्थाको निर्माण गर्दै टोल–टोलमा ‘स्वस्थ जीववन कार्यक्रम’ लागु गरी स्वस्थ्य प्रदेश निर्माण गर्ने अभियानमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए । उनीहरुले व्यानरमा हस्ताक्षर गरेर अभियानको लागी प्रतिबद्धता जनाएका थिए ।

अभियानले एक घर पाँच योग, पाँच जडिबुटी, पाँच सकारात्मक व्यवाहार साथै मेरो घर आँगन म आफैँ सफा गर्छु जस्ता कार्यक्रम राखेको छ । साथै आफूले उत्पादन गरेको फोहोर आफैँ व्यवस्थापन गर्छु लागायतका विभिन्न कार्यक्रम अभियानले समेटेको छ ।

अभियानले तीनै तहका सरकारलाई समेटेको स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम भएकोले आफ्ना सबै काम छाडेर अभियानको सुभारम्भमा आएको उनले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरले अभियानमा सबै पक्षाको सहयोग आवश्यक रहेको बताए । उनले स्वस्थ्य प्रदेश बनाउने अभियान भएकोले सबैको साथको अपेक्षा गरेका थिए । प्रदेश वासिको आचरणमा परिवर्तन ल्याएर प्रदेशलाई स्वस्थ र सफा बनाउने उनले बताए ।
त्यसैगरी नेकापाका नेता गुरु बरालले अप्रकृतिक र अस्वस्थ्यकार खानपान नै स्वस्थ्यको मुख्य समस्या भएको बताएका थिए ।

अभियानलाई प्रभावकारी रुपमा आगडी बढाउन टोलटोल सम्म फागुन मसन्त भित्र समिति गठन गरिसक्ने समाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले बताए । सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्ने र जङ्क फुड(पत्रुखाना)को प्रयोगलाई पनि निरुत्साहित गर्ने सचिव राईले बताए ।

कार्यक्रममा कानेपोखरी गाउपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, मादी नगरपालिका प्रमुख, कनकाइ नगरपालिकाका प्रमुख, प्रदेश १ का सांसद ओम प्रकास सरावगी लगायतले बोलेका थिए ।
अभियानको सुभारम्भमा सहभागीको स्वस्थ्य परिक्षणको व्यवस्था समेत गरिएको थियो ।

सेवाग्रहीको सन्तुष्टि भगवान भरोसा

सरकारी स्वस्थ्य संस्थानमा सेवा लिन आएका सेवाग्रहीले सन्तुष्ट हुने अवस्था नरहेको स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

स्वस्थ जीवन प्रवद्र्धन अभियानको सुभारम्भ गर्दै मन्त्री ढकालले सुधार गर्नु पर्नेमा स्वस्थ्य क्षेत्रपनि पर्ने बताए । सरकारी स्वस्थ्य संस्थानमा सेवा लिने सेवाग्रहीले पाउने सन्तुष्टि भगवान भरोसाको अवस्थामा रहेका उनको भनाइ छ ।

उनले विराटनगर स्थित कोशी अस्पताल चिकित्सकहरुको सम्पर्क कार्यालय जस्तो भएको बताए । ‘केहि दिन आगाडी अस्पतालको अनुगमनमा गएको थिए ।’ उनले भने ‘ कोशी अस्पतालको नाममा विज्ञापन गरेर क्लिनिक चालाउने गरेका छन् ।’ अस्पतालका चिकित्सकहरुले आफ्नो क्लिनिकको बोर्डमा कोशीमा काम गर्ने विषेशज्ञ भन्दै राख्ने गरेको बताए ।

उनले सरकारी अस्पतालको उपकरण ऐन मौकामा बिग्रने गरेको बताए । निजी अस्पतालललाई पोस्ने गरी षडयन्त्रपुर्वक काम हुने गरेको मन्त्री ढकालको भनाइ छ ।

तत्काल ठूलो उपलब्धिको लागि उपकरण किनिएपनि अस्पताको कोठामा नअट्ने, ढोकाबाट नछिर्ने जस्ता बाहाना गरि उपयोग नगरिने गरेको उनले बताए ।

jackson ribon