बाख्राले जन्मायो डरलाग्दो पाठा

विराटनगर, ९ पुस । टेक्नोलोजीको जमानामा आजकल केही आश्चर्य लाग्दो केही कुरा देख्नेबित्तिकै त्यसको फोटो सामाजिक सञ्जालमा सेयर गर्ने गरिन्छ । त्यस्तै, अर्जेन्टिनामा बाख्राले आश्चर्यलाग्दोे बच्चा जन्माएपछि त्यहाँका बासिन्दाहरू चकित भएका छन् ।

एक बाख्राले एउटा अनौँठौ पाठा पाएको छ । फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि पाठालाई देखेर सबैजना छक्क परेका हुन् । उक्त जन्मिएको पाठा हेर्दा निकै डरलाग्दो राक्षसजस्तै देखिन्छ जसको आँखा निकै ठूला र निस्किन लागेका छन् । जन्मेको ३ घण्टापछि उक्त पाठाको मृत्यु भएको हो ।

डेली मेलका अनुसार ग्लेडिस ओवीडियो नाम गरेकी महिलाको फार्ममा बाख्राले तीन ओटा पाठा जन्माएको हो । उनले बताएअनुसार तीनमध्ये एक पाठाको शरीर स्वस्थ भए पनि अनुहार मान्छे जस्तो र आँखा र टाउको भने अलि फरक रहेको थियो । फार्ममा पाठालाई चम्चाबाट दूध खुवाउने प्रयास गरिएको थियो । तर, पाठो एकदम रिसाएको थियो ।

तीन घण्टापछि उक्त पाठाको स्वास्थ्यमा समस्या आएको, सास फेर्न गाह्रो भएको र अन्त्यमा मृत्यु भएको ग्लेडिसले बताइन् । उनको बुहारीले त्यो अचम्मको बाख्राको पाठा देखेर सामाजिक सञ्जालमा सेयर गरकोले उक्त फोटो भाइरल भएको थियो ।

Loading...