birat ribon

७ महिने बालिकाको आँखाको उपचारमा आर्थिक समस्या , सहयोगका लागि दलित परिवारको आग्रह

Neuro
७ महिने बालिकाको आँखाको उपचारमा आर्थिक समस्या , सहयोगका लागि दलित परिवारको आग्रह

धरान ९ पुस । समय नपुगी जन्मिएकी छोरी आँखा नदेख्ने भए पछि उपचारका लागि आर्थिक अभाव हुँदा खैरेनीका एक दलित परिवार समस्यामा परेका छन् ।

cura insider

सात महिनाको गर्भावस्थामै जन्मिएका जुम्ल्हाया छोरीहरु मध्ये १ जनाको उपचारकै क्रममा मृत्यु भयो भने अर्को छोरी बाँचेकी भएपनि आँखा पुर्णरुपमा विकसित हुन नसक्दा दुवै आँखा नदेख्ने भए पछि उपचारमा भएको जेथा खर्च भईसकेकाले थप उपचारका लागि भातारिरहेका छन् ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित खैरेनीका ३४ वर्षीय दीपेश नेपाली सार्कि र २० वर्षीया सपनाको परिवार अहिले छोरीको उपचारका लागि आर्थिक खर्चका लागि भौँतारिरहेका छन् । जन्मिएको ५ दिनमा मृत्यु भएकी एउटा छोरीको उपचारमा करिब साढे ६ लाख रुपैयाँ जति खर्च भैसकेको छ । बाँचेकी छोरीको उपचारमा साढे ३ लाख रुपैयाँ खर्च भएको दीपेशले बताए ।

छोरीको थप उपचारका लागि भारतको चेन्नई लान चिकित्सकहरुले सल्लाह दिएका छन् । तर आर्थिक अभावले उपचारका लागि भारत लान सकेका छैनन् ।

बच्चाको आँखा पाँचौं स्टेजमा रहेको छ । जति सक्दो चाँडो चेन्नई पुर्याउन सके आँखाको ज्योती फर्कन सक्ने चिकित्सकले बताएका छन् । अस्पतालबाट पनि खर्चकै अभावले जबरजस्ती डिस्चार्ज गराउन बाध्य भएका थिए ।

आर्थिक अवस्था जुट्न नसके उपचार नै गराउन नसक्ने बालिकाका हजुरबुबा टिकाराम सार्की बताउँछन् ।

एक वर्षअघि पुसमा विवाह गरेका दीपेश र सपनाको सात महिनामै गत साउनमा जुम्ल्याहा छोरी जन्मेका थिए । एउटा छोरीको ५ दिनमा मृत्यु भयो । अर्कीलाई ५८ दिन एनआइसीयुमा राखेर बचाएका थिए । बालिकाका बुबा दिपेश नेपाली सार्कीका अनुसार छोरीको उपचारका क्रममा तीन पटक हाई अक्सिजन दिनु परेको थियो ।

अविकसित अंगका कारण पटक पटक श्वास रोकिने समस्या भए पछि उनलाई हाई अक्सिजन दिनुपरेको हो । चिकित्सकले हाई अक्सिजन दिँदा मुटु, फोक्सो वा आँखामा असर गर्ने जानकारी गराए थिए । दिपेशकै अनुमतिले बच्चालाई बचाउन हाई अक्सिजन दिएको थियो । त्यही भएर आँखालाई असर पुर्याएको दिपेश बताए ।

दिपेश काठमाण्डौमै मजदुरी गर्ने भएकाले सपनाले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज जोरपाटीको अस्पतालमा सुत्केरी गराएकी थिईन् । बच्चाको जन्म भए पछि उपचारका क्रममा आँखाको ज्योति नआएको चिकित्सकहरुले जानकारी दिएपछि तिलगंगा अस्पतालमा उपचार गराएका थिए ।

तिलगंगा अस्पतालले समय अगावै बच्चा जन्मिएकाले पुर्ण रुपमा आँखा विकसित हुन नसक्दा दुवै आँखाको ज्योति गुमेको बताए । तिलगंगाले नै चेन्नई स्थित शंकरा नेत्रालयका डा. प्रमोद भाँडे र डा. प्रविन पलको टिमलाई रिफर गरिदिएको छ ।

दिपेशका अनुसार भारतमा उपचार गराउनका लागि करिब ५ लाख रुपैयाँ बढी खर्च लाग्ने भएको छ । आर्थिक अभावका कारण कसरी उपचार गराउन लाने उनी दोधारमा छन् ।

दिपेश काठमाण्डौंमा काठका मुडा, अचानो, लगायतका मौसमी व्यापार गर्छन् भने हजुरबुबा टिकाराम डोको, नाम्लो बनाउने गर्छन् । बच्चाको उपचारका लागि यस अघि नै पानवारीमा रहेको १ कट्ठा जग्गा बेचिसकेका छन् ।

खैरेनीमा भाडाको घरमा बस्दै आएका दलित परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।
दीपेशले सहयोगका लागि सबैलाई आग्रह गरेका छन् । एनआइसी एसियाको दीपेश नेपाली सार्कीको नाममा रहेको खाता नं. o-८८७०११३२३१५२४०१ मा ९८२३४४५००८,९८५११२५३३५, ९८२४३८४०९८ सम्पर्क गरेर सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

jackson ribon