जुत्ता मेलामा सेवाग्राहीको चहलपहल बढ्दो

विराटनगर, ७ पुस । विराटनगरमा जारी ‘विराट फुटवेयर एक्स्पो’ मा सर्बसाधरणको भिड बढेको छ । १ पुसबाट सुरु जुत्ताचप्पल मेलामा सर्बसाधरणको भिड बढेको हो ।

एकसातामा ३५ लाख बराबरको कारोबार भएको । मेलासंयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने उदेश्यले आयोजित मेलामा वि.एफ डियर हिल सुज, शिखर सुज,लैण्ड वाक , रन सुज, शु लैण्ड, हाईलाईफ सुजको स्टल छन् ।

मेलमा न्यूनतम १५ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट व्यवस्था गरिएको उपाध्यायले बताए ।

Loading...