पादले ६ मिटर दूरीसम्ममा रहेका लामखुट्टेहरू मर्ने दाबी

विराटनगर, ७ पुस । पेटभित्र पाचन क्रियाको समयमा उत्पन्न हुने ग्यास कहिले मुखबाट त कहिले मलद्वारबाट बाहिर निस्किने गरिन्छ । यसरी मलद्वारबाट बाहिर निस्किने ग्यासलाई पाद भनिन्छ ।

कोही–कोहीलाई अझ ठूलो अवाज र गन्धसहित आउने पादले उनीहरूलाई अरु मानिससामु लज्जित बनाउँछ । तर, शरीरभित्रबाट निस्किने पादले ठूलो के नै प्रभाव पार्ला भन्ने सोच सबैमा हुन्छ । युगान्डाका एक मानिसको पादका कारण लामखुट्टे मर्छ भनेर विदेशी मिडियाहरूमा उल्लेख गरिएको थियो । युगान्डाका ४८ वर्षीय जो रवामीरामले आफ्नो पादका कारण ६ मिटर दूरीसम्ममा रहेका लामखुट्टेहरू मर्ने गरेको दाबी गरेका छन् ।

आम मानिसले जस्तै खाना खाएपनि, सधैं नुहाए पनि आफ्नो पाद अरूको भन्दा बिल्कुलै फरकरहेको र आफूले मैले पाद्दा आसपासका लामखुट्टेहरू मर्ने गरेका छन् । यति मात्र नभएर जोलाई लामखुट्टे भगाउने कम्पनिले समेत जागिर दिएको बताइएको छ । उनी आफ्नो पादको कारण जताततै चर्चामा हुने गरेको खबर जताततै भाइरल भएपछि डेमोक्रेटिक रिपब्लिक अफ कंगोका डाक्टरहरूले यस विषयमा जांच गरेका छन् ।

जो नामबाट सार्वजनिक गरिएको उक्त तस्विर कंगोको एक अपरिचित व्यक्तिको रहेको खुलासा भएको हो । मिररका अनुसार एक नक्कली वेवसाइटले छापेको उक्त खबर पनि व्यंग्यका रूपमा मात्र सार्वजनिक गरिएको हो ।

Loading...