मिथुन कुँवरको फोटो प्रथम

सुन्दर नेपाल खुसी नेपाली प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको तस्बिरले प्रथम भएको छ । प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो, दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ ।

स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताका लागि देशभरबाट २ सय २१ फोटोग्राफरका करिब १ हजार फोटोहरु शमावेश गरिएको थियो ।


६ पुसमा सम्पन्न फोटो प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्वितीयले २५ हजार , तृतीयले १५ हजार र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २१ पुसमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा गरिदैछ ।

Loading...