८ वर्षे रेयान सबैभन्दा धेरै कमाउने युट्युबर, यस्तो छ उनको कमाइ

विराटनगर, ६ पुस । युट्युबमा खेलौनाहरूको रिभ्यू गर्ने एक ८ वर्षे रेयान काजी सन् २०१९ मा युट्युबबाट सबैभन्दा बढी पैसा कमाउने व्यक्ति बनेका छन् । उनले आफ्नो युट्युब च्यानलबाट २०१९ मा २ करोड ६० लाख डलर कमाएका छन् ।

२ करोड २९ लाख सब्सक्राइबर भएको आफ्नै रायन्स वर्ल्ड च्यानल भएका बालक रायनलाई फोब्र्सले युट्युब प्लेटफर्ममा सर्वाधिक कमाइ गर्ने व्यक्तिका रूपमा घोषणा गरिएको छ । फोब्र्सका अनुसार रेयान सन् २०१८ मा २ करोड २० लाख डलरको आम्दानी गरेर सर्वाधिक पैसा कमाउने युट्युबर बनेका थिए ।

asd

रेयान खेलौनाको अनबक्सिङ तथा यसलाई खेल्दै गर्दा एउटा सानो भिडियो बनाउँछन् र उनको मातापिता उक्त भिडियोलाई उनको युट्युब च्यानलमा अपलोड गर्ने गर्छन् । च्यानलमा अब खेलौनका अतिरिक्त शैक्षिक भिडियो पनि राख्न थालिएको छ ।

रेयानका मातापिताले २०१५ मा उनको च्यानल रेयान्स वर्ल्ड बनाइदिएका थिए । एनालाइटिक्स वेबसाइट सोशल ब्लेडको आंकडाअनुसार रेयानको कैयौं भिडियोको एक अर्बभन्दा पनि बढी हेरिएको छ । उनको च्यानल बनेपछि अहिलेसम्मको अवधिमा करिब ३५ अर्ब भ्यूज मिलिसकेका छन् ।

Loading...