birat ribon

नुवाकोटमा मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

Neuro
नुवाकोटमा मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

नुवाकोट, ६ पुस । नुवाकोटमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर (मिनिट्रक) दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारी चढेको मिनिट्रक दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

Padelux insider
cura insider

नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको हो ।

नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए । सुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

घाइते छ जनामध्ये दुई जनालाई काठमाडाँै ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । रासस

jackson ribon