पौडिने हैन दौडिने माछा (भिडियोसहित)

एजेन्सी, १ पुस । संसारको बनावट विचित्रको भएसंगै यहाँ पाइने अनेक जीवजन्तुहरूको बनावट पनि संसारलाई छक्क पार्ने किसिमका छन् । विश्वमा रहेका विभिन्न जीवजन्तुहरू यस्ता पनि छन्, जसको हामीले कल्पना समेत गर्न सक्दैनौं ।

त्यस्तै, जमिनमा बस्ने जीवहरूभन्दा पनि पानीमा रहने जीवहरूले पटक–पटक मानिसहरूलाई अचम्ममा पार्दै आएको छ । पानी भन्नेबित्तिकै धेरैले पानीमा पौडिने माछालाई सम्झिने गर्छन् । पानीविना माछा बाँच्न सक्दैन । विश्वमा अनेकौं प्रकारका अनौँठा माछाहरू देखिन थालेका छन् ।

पानीमा देखिने माछालाई हामीले पानीमा पौडिनेमात्र देख्दै आएका छौं । तर, तास्मानिया र अष्ट्रेलियाको सानो क्षेत्रमा पाइने ह्याण्डफिस नाम गरेको माछा पौडिदैनन्, तल दौडिन्छन् । यी माछाहरूको शरीरमा हात जस्तै २ अङ्ग छन् । यी हातको सहायताले नै उनीहरू दौडिने गर्छन् । ह्याण्डफिस प्रजातिका माछा पौडिँदैनन् तर समुन्द्रको पिँधमा गएर दौडिन मन पराउँछन् । अहिलेको समयमा अत्यन्त दुर्लभ मानिएको यो प्रजातिलाई जोगाउन वैज्ञानिकहरू लागिपरेका छन् ।

सन् १९८० भन्दा अगाडि तास्मानियामा यो माछा निकै पाइन्थ्यो तर, अहिले दुर्लभ हुँदै गएपछि यो प्रजातिको माछाको लोप हुँदै गएको छ । माछाको विनास रोक्नका लागि वैज्ञानिकहरूले यो प्रजातिको माछा खोजेर भाले पोथी एकै ठाउँमा राखेर अण्डा बचाउने काम अगाडि बढाइरहेका छन् ।

Loading...