खान लागेको अक्टोपसले उल्टै टोकेपछि…(भिडियोसहित)

एजेन्सी, ३० मंसिर । ब्लगरहरू आफू फेमस हुनका लागि अरुलाई मनोरञ्जनको लागि होस् वा ज्ञान दिनको लागि होस् त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन् । यस्तैक्रममा एक चिनियाँ ब्लगर युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन प्रयास गरेकी हुन् जुन उनले सोचेको भन्दा विपरीत हुन पुग्यो ।

सि साइड गर्ल लिटल सेभेनले लाइभका क्रममा जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन् तर, अक्टोपसले उनीमाथि नै आक्रमण गरेको थियो । भिडियोमा अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई निकै गाह्रो भएको देख्न सकिन्छ । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा निकै जोरले समातेको थियो, जसकारण युवतीलाई उक्त अक्टोपस आफ्नो मुखबाट निकाल्न निकै कष्ट भएको थियो ।

अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेकी छन् । खान लागेको उक्त अक्टोपसले चिथोर्दा उनको गालामा चोटसमेत लागेको छ भने चोट लागेको ठाउँबाट रगत समेत निस्केको देख्न सकिन्छ । उक्त चिनिया युवतीको उक्त भिडियो यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

Loading...