मानिसको जस्तो अनुहार भएको कुकुर

विराटनगर, ३० मंसिर । धेरैजसो मानिसहरूलाई कुकुर पाल्न अत्यधिक मनपर्छ । आफूले पालेको कुकुर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरूलाई सुनाउनुका साथै आजकल उनीहरूको फोटो सामाजिक सञ्जालमा समेत सेयर गर्न थालेका छन् ।

अमेरिकामा सार्वजनिक भएको कुकुरको तस्विरले मानिसहरूलाई अन्योलमा परेको छ । कुकुरको आफ्नो आफ्नो ब्रिड हुने गर्छ । तर, योगी नाम गरेको उक्त कुकुरको अनुहारको बनावट हुवहु मान्छेसँग मिल्दो जुल्दो देखिएको कारण कुकुर भाइरल भइरहेको छ ।

डेली डटका अनुसार योगी अमेरिकाको मैसचुसिट्समा बस्ने चैंटल डेसजार्डिनबोको हो । यो कुकुरको जिउमा हुबहु मानिस जस्तो अनुहार भएको देखिन्छ । चैंटलको साथीले यो कुकुरको फोटोलाई मान्छेको अनुहारसँग मिल्ने कुकुर भनेर सामाजिक सञ्जालमा सेयर गरिसकेपछि योगी भाइरल भएको हो ।

उक्त फोटोमा योगीको आँखा मात्र नभएर मुख तथा मुस्कानसमेत मानिस जस्तो देखिन्छ भनेर कमेन्ट गरेका छन् । धेरैले फोटोलाई फेस स्व्याप अर्थात् इडिट गरी अपलोड गरेको समेत बताएका छन् । तर, कुकुरको अनुहारलाई फोटोसप नगरिएको प्रस्ट लेखिएको छ । यसपछि चैंटलको घरमा कुकुरलाई हेर्नका लागि मिडिय समेत पुगेका थिए ।

Loading...