birat ribon

सिन्धुपाल्चोक बस दुर्घटना : ६ मृतकको सनाखत

Neuro
सिन्धुपाल्चोक बस दुर्घटना : ६ मृतकको सनाखत

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा भएको बस दुर्घटना मृत्यु हुने ६ जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको हो । झै आठ मृतकको सनाखत हुन सकेको छैन ।

Padelux insider
cura insider

जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहालका अनुसार मृतकका आफन्त घटनास्थलमा आउन थालेसँगै शवको सनाखत हुन थालेको हो । उनका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङ, सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २८ वर्षीय सुकबहादुर तामाङ, सात वर्षीया सविना तामाङ, दोलखा भीमेश्वर नगरपालिका–९ की ३७ वर्षीया जुनुमाया तामाङ, सोही नगरपालिकाकी मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षीय महेश तामाङ र लक्ष्मी श्रेष्ठ रहेका छन् ।

dsaf

दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको हो । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा परेको हो । सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाका अनुसार लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको थियो । घाइते दीपक तामाङले ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् । रिजर्भ बस आइतबार बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

उनका अनुसार घटनास्थलमा ८ महिला, तीन जना पुरूष, एक जना बालिका र दुई बालक गरी १४ जनाको शव फेला परेको हो ।

jackson ribon