birat ribon

सिन्धुपाल्चोक दुर्घटना : एक जनाको मात्र सनाखत, घाइते भन्छन्, ‘ब्रेक फेल भएर दुर्घटना भयो’

Neuro
सिन्धुपाल्चोक दुर्घटना : एक जनाको मात्र सनाखत, घाइते भन्छन्, ‘ब्रेक फेल भएर दुर्घटना भयो’

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा भएको बस दुर्घटना मृत्यु हुने एक जनाको सनाखत भएको छ । दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको हो ।

Padelux insider
cura insider

अन्य १३ जनाको सनाखत हुन बाँकी नै रहेको छ । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा परेको हो ।

sadf

सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाका अनुसार लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको थियो । घाइते दीपक तामाङले ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् । रिजर्भ बस आइतबार बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

उनका अनुसार घटनास्थलमा ८ महिला, तीन जना पुरूष, एक जना बालिका र दुई बालक गरी १४ जनाको शव फेला परेको हो ।

jackson ribon