टाउको काटिए पनि एक साताभन्दा धेरै बाँच्ने कुखुरा (भिडियोसहित)

एजेन्सी, २९ मंसिर । थाईल्यान्डमा टाउको काटिएको कुखुरा एक साताभन्दा धेरै बाँचिरहेको छ । यो अवश्य आश्चर्यको कुरा हो, टाउकोविना कुखुरा कसरी बाँच्यो होला ? तर, सत्य घटनामा आधारित रहेको थाईल्यान्डको राचाबुरी जिल्लामा सात दिनअगाडि टाउको काटिएको कुखुरा बाँचिरिहेको तथा हिँडिरहेको छ ।

जनावरहरूको आक्रमणमा पर्दा कुखुराले आफ्नो टाउको गुमाएको हो । बौद्ध भिक्षुहरूले आफ्नो गुम्बामा उक्त टाउको काटिएको कुखुरालाई संरक्षण गरेर राखेका थिए । पशु चिकित्सक अरुण थोंगले कुखुरालाई सुइमार्फत घाटीबाट खाना र एन्टीबायोटिक औषधि खुवाइरहेका थिए । सुईबाट खाना खुवाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो ।

टाउको काटिएको कुखुरा जिवित रहनुको कारण कुखुराको शरीरको संरचनालाई मानिएको छ । कुखुराको दिमाग टाउकाको तल हुने भएको र टाउकाको पछिल्लो भागबाट पनि सास लिन सक्ने भएको कारणले गर्दा कुखुराको टाउको काट्दा पनि केही दिनसम्म जिवित रहन सक्ने हुन्छ ।

Loading...