birat ribon

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १८ जना घाइते (अपडेट)

Neuro
सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १८ जना घाइते (अपडेट)

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Padelux insider
cura insider

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आइतबार बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

sadf

उनका अनुसार घटनास्थलमा ८ महिला, तीन जना पुरूष, एक जना बालिका र दुई बालक गरी १४ जनाको शव फेला परेको हो । मृतकहरूको सनाखत भइसकेको छैन ।

घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएकोे र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

jackson ribon