कलाकार क्षेत्रीको निधन

काठमाडौं २८ मंसिर । कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको छ । काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले बताए ।

क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । क्षेत्रीले नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गरेका छन् ।

दर्जनौँ चलचित्रमा अभिनय गरेका क्षेत्रीको केही समय अघि श्वर नलीमा मासु पलाएको कारण शल्यक्रिया गरिएको थियो । क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ ।

Loading...