visit-nepal

सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई बर्ष नजरबन्द राख्न अदालतको आदेश

सुडान २८ मंसिर । सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्वराष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई २ वर्ष नजरबन्दमा राख्ने आदेश दिएको छ ।

अल बसिरलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले दिएको हो ।

राष्ट्रपति रहदा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्वराष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको न्यायाधीश अल–सादिक अब्देल रहमानले अदालतको निर्णय सुनाउँदै बताए ।

सुडानको कानून अनुसार ७० बर्ष काटेको नागरिकलाई जेल सजाय दिन नमिल्ने भएको कारण उनलाई सामाजिक सुधार गृहमा नजरबन्दमा राख्नसक्ने निर्णय सुनाएको हो ।

भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिई निर्दोष नागरिकको हत्यामा सम्लग्नता रहेको भन्दै बसिरमाथि दोस्रो मुद्दा पनि लागेको छ । गत अप्रिलमा बसिरलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

Loading...