visit-nepal

विद्यार्थीहरुको अभिनयमा ‘छिंडीभरिको आकाश’

विराटनगर २८ मंसिर । विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश’ नाटक मञ्चन सुरु भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नाटकको उद्घाटन गरे । विराट आदर्श साहित्य मञ्चको आयोजनामा सुरु भएको नाटकमा कुलतमा फसेका व्यक्तिको परिवारको पिडा दुख र वेदनालाई देखाइएको छ । दुव्र्यसनका कारण परिवार कसरी भताभुंग हुन्छ भन्ने सन्देश रहेको नाटकको नाट्य रूपान्तरण र निर्देशन कटवाल दीपकले गरेका छन् ।

मञ्चन हुनुअगावै २२ वटा शो बुकिङ भैसकेको र अन्य स्कुल कलेजहरूले चासो देखाइरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले बताए ।

नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । उद्घाटन समारोहमा गन्धर्व थिएटर पोखराका अध्यक्ष ‘परिवर्तन’लाई सम्मान गरिएको थियो । परिवर्तनले विगत एक दशकदेखि रंगमञ्चका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ ।

मोरङ हिसान र प्याब्सन विराटनगरसँगको सहकार्यमा सुरु भएको नाटक पुस १२ गतेसम्म मञ्चन हुने मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गर्ने छन् ।

विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेका छन् । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक मञ्चन गरिसकेको छ ।

Loading...