visit-nepal

पुच्छर काटेर एकतागरेपछि कम्युनिष्ट पार्टी बलियो

बेलबारी ,२८ मंसिर । नेपाल कम्युष्टि पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पुच्छर काटेर नयाँ पार्टी निर्माण गरेपछि एकता मजबुत भएको बताएका छन ।
मोरङ टाँडीका पुराना त्यागी कम्युनिष्ट कार्यकर्ता स्वर्गीय तिलकबहादुर राईको योगदानको वारेमा निर्माण गरिएको एउटा घरको कथा नामक बृतचित्र मोरङ बेलवारीमा शनिवार गरिएको सार्वजनिक कार्यक्रममा बोल्दै नेता नेपालले पुच्छर काटेर एकतागरेपछि कम्युष्टहरु वलियो भएको वताएका हुन ।
उनले भर्खरै सम्पन्न उपनिर्वाचनमा धरान, चितवन, भक्तपुर लगायतका क्षेत्रमा चुनाव हार्दा नेकपाका लागि दाँतमा ढुँङगा लागेको बताए । नेता नेपालले दुई तिहाईको बहुमत हुदा पनि सरकारले. सन्तोषजनक काम गर्न नसकेको गुनासो गरे ।

पुर्वप्रधानमन्त्री नेपालल हतिहासलाई जहिल्यै. जिवन्त बनाइराख्नुपर्छ भन्दै मोरङका तिलकबहादुर राई र उनको परिवारको योगदान परिवर्तनकालागि ऐतिहासिक भएको वताए । उनले स्वर्गीय तिलक राईका नाममा सडक निर्माण गरेर सालिक निर्माण गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन गरे ।

मोरङको उत्तरी पहाडी गाउँ टाँडीमा रहेको तिलकबहादुरको घर कम्युनिष्ट नेताहरुको भुमिगत सेल्टर थियो । त्यही घरमा २०४२ सालमा पहिलो पटक नेकपा मालेको पहिलो मोरङ जिल्ला कमिटी गठन भएको थियो । साहित्यकार अनिल पौडेलले उनै तिलकबहादुर र उनको घरको योगदानको स्मरण गराउदै २१ मिनेट लामो बृतचित्र निर्माण गरेका हुन ।

Loading...