दुई कृति विमोचन

विराटनगर २८ मंसिर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशन गरेका दुई कृतिको विमोचन गरिएको छ ।

कवि रमाप्रसाद रिजालको ‘कथा एउटा आँगनको’ कविता सङ्ग्रह र स्रष्टा लक्ष्मी श्रेष्ठको हाइकु सङ्ग्रह ‘मनका तरङ्गहरु’को एकै साथ विमोचन गरिएको हो ।

वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्राज्ञ गंगा सुवेदी, साहित्यकार दधिराज सुवेदी र आयोजक संस्थाका अध्यक्ष विवश पोखरेलले संयुक्तरुपमा ती कृतिको विमोचन गरे ।

कवि रिजालको कृतिमा विभिन्न ३८ कविता छन् । श्रेष्ठको कृतिमा ५ सय हाइकुहरु छन् । समीक्षकद्वय कविराज न्यौपाने र हरि कट्टेलले विमोचित कृतिहरुको समीक्षा तथा कवि एवम पत्रकार मीनकुमार नवोदितले कविता सङ्ग्रहमा संकलित कविताको वाचन गरेका थिए ।

Loading...