सुतिरहेका साथिमाथि गोली चलाउँदा अफगानस्तानमा २३ सुरक्षाकर्मी मारिए

अफगानस्तान २८ मंसिर । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा एक सैनिकले गोली चलाउदा २३ सहकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको घटनामा परी उनीहरुको मृत्यु भएको बताए ।

क्वाराबाघ जिल्लामा रहेको सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

शनिबार बिहानको समयमा घटना भएको अधिकारीले जानकारी दिए । घटनामा परी अरु दुई सुरक्षाकर्मी घाइते भएका छन् ।

Loading...