visit-nepal

हिमपातपछि यस्तो देखियो उत्तरी क्षेत्र (फोटो फिचर)

पश्चिमी वायुको प्रभावले देशभर हिमाली भेगमा हिमपात र वर्षात भएको छ । वर्षात र हिमपातको कारण देशभरको जनजिवन प्रभावित भएको छ । हिमपातपछि कतै खुसी छाएको छ ।

हिउँ खेल्न पर्यटकसमेत पुगेका छन् भने कतै भने यसले जनजिवन नै कष्टकर पारेर दुख दिएको छ । यस्तै मंसिर महिनामा हिउँ परेपछि किसानहरु समेत खुसी भएका छन् ।

गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन् । प्रदेश १ का विभिन्न स्थानमा हिमपातपछि यस्तो दृष्य देखिएको थियो ।

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ । शुक्रबादेखि भएको हिमपात कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

 

Loading...