शिक्षामा क्रान्ति नहुँदा बिकासको गतिले तीब्रता लिन सकेन — शिक्षा मन्त्री पोखरेल

विराटनगर २८ मंसिर । संघिय सरकारका शिक्षा मन्त्री गिरिराजमणाी पोखरेलले शिक्षामा क्रान्ति हुन नसक्दा बिकासको गति अगाडी बढन नसकेको वताएका छन ।
शनिवार प्रेस संगठन मोरंङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरलले देशमा राजनैतिक क्रान्ति भएपनि शिक्षामा क्रान्ति हुन बाँकी नै हुँदा बिकासको गति अगाडी बढन नसकेको वताएका हुन ।
मन्त्री पोखरेले सरकारले बिकासको गतिलाई तीब्र रुपले आगाडी बढाउनकैलागि शिक्षलाई बिकाससँग जोडेर दिर्घकालिन शिक्षा नीति निर्माण गरिससकेको जानकारी गराए । उनले सरकारको शिक्षा नीतिकै आधारमा अबको दश बर्ष भित्र देशमा सामुदायिक शिक्षा प्रणालीको गुणस्तर सबै भन्दा आगाडी हुने दाबी गरे ।
सरकारले निर्माण गरेको शिक्षा नीतिको आधारमा अबको दश बर्ष भित्र सार्वजनिक शिक्षाको सवलीकरण भैसक्ने र त्यो शिक्षा नै देशको नेतृत्व गर्ने बताएका हुन ।
उनले बिसं २०७५ सम्ममा देशमा आधारभुति शिक्षा नलिने कोही नहुने दाबी पनि गरे । उनका अनुसार सरकारले निर्माण गरेको शिक्षा नीतिले आधाभुत शिक्षा नलिने व्यक्त्तिले बैक खाता खोल्न र स्थानिय सरकारको सुबिधा समेत पाउनेछैनन ।

मन्त्री गिरिराजले सरकारले आगामी दश बर्ष भित्र नीजि बिद्यालयलाई व्यवस्थित र सरकारीलाई पुर्ण रुपमा सवलीकरण गरिसक्ने दाबी गरे । उनले शिक्षा नीति बनिसकेकोले अब त्यसैको आधारमा नयाँ कानुनहरु बन्दै जाने भएकोले स्कुललाई जागिर मात्र खाने ठाउँ बनाउनेहरुको दिन समाप्त भैसकेको वताए ।
देशमा राजनैतिक क्रान्ति भएपनि शिक्षामा क्रान्ति हुन नसक्ने दक्ष जनशक्त्ति प्राप्त हुन नसकेकोले अब सरकारले समान्य हैन प्राबिधिक शिक्षामा जोड दिन गैरहेको जानकारी गराए । उनका अनुसार अव शिक्षालाई सिकाई केन्द्रित वनाउदै बिकासँग जोडदै लाने योजना सुनाए । मन्त्री पोखरेलले भने ,— देशमा ७७ प्रतिशत योगदान सार्वजनकि शिक्षाको छ तर त्यो बिकाससँग नजोडिदा बेरोजगारहरु मात्र उत्पादन भैरहेका छन ।

सही शिक्षा नीतिको अभावमा देशका सरकारी बिद्यालयहरु बेरोजगार शैक्षिक जनशक्त्ति उत्पादन गर्ने रुग्ण शैक्षिक उद्योगहरु जस्तो मात्र भैरहेकोले सरकारले सार्थक शिक्षाको सवलीकरणमा जोड दिन लागेको हो भने । उनले त्यसकालागि १ लाख ५२ हजार शिक्षकको दरबन्दि स्विकृत भैसकेको र ५ हजार थप नयाँ शिक्षकहरु थप्न लागेको जानकारी गराए । मन्त्री पोखरेलले सार्वजनिक बिद्यालयहरुले अँग्रेजी पढाउने वहानमा नेपाली कमजोर वनाउन नपाउने र दोहोरो शुल्क संकलन गर्न पनि नपाउने वताए । उनले दाबी गर्दै भने , — केही समय लाग्छ तर हेर्नुहोला दश बर्षभित्र सरकारी बिद्यालय नै पहिलो भएरै छाडने छ ।,

Loading...