visit-nepal

मलाई कवि बनायो (गजल)

asf
किरण चापागाइँ बेगारी

ती याद अनि चिराले मलाई कवि बनायो
तिम्रै यादको खटिराले मलाई कवि बनायो

त्यस्तो कवि बन्न लायक मान्छे काहा हो र म
तर तिम्रै प्रेमको किराले मलाई कवि बनायो

अलिअलि ताली अलिअलि वा वा को लोभले
बोक्रे सन्तुष्टि को धमिराले मलाई कवि बनायो

कवि पागल हुन्छ भन्थे प्राय: भलाद्मी मलाइ
प्रेमको नसा अनि मदिराले मलाई कवि बनायो

 

Loading...